News Portal

  • महानगरमा सार्वजनिक बस चल्यो, यात्रुका कारण घाटामा बस

    हिमाली संचार संवाददाता
    ३०१ पटक
    २०७७ साउन ८, बिहिवार

    काठमाण्डौ – झण्डै चार महिनापछि बन्दपछि महानगर भित्र यातायातले बुधबारदेखि आफ्नो सेवा सुरु गरेको छ। लकडाउन अघि ४९ वटा बसहरु खचाखच हुने महानगर यातायातले अहिले १२ वटा मात्रै चलाउँदा पनि सिटहरु खाली हुने गरेको छ।

    गाडीको अहिलेको कमाइले इन्धन र स्टाफ खर्च मात्रै पुगेको महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपालले जानकारी दिए।

    ‘पहिले हाम्रा चालकले एउटा गाडीको दैनिक खर्च कटाएर ५ हजार दिन्थे। हिजो सबैजसो गाडीले १५ सय देखि १८ सय सम्म दिए। यो पैसा स्टाफलाई भत्ता, लुब्रिकेन्ट, टायर लगायत हिसाव गर्दा हातमा लाग्यो शून्य छ। अझ गाडीको किस्ता को त कुरै नगरौ,’ उनले भने।

    अहिले गाडी चलाएमा क्रमिक रुपमा यात्रुको आवत–जावत बढ्ने र पछिको लागि माहोल बन्ने उनको भनाइ छ। अहिले नाफा नभएपनि सेवा दिइएको उनले बताए।

    ‘गाडी चलाउदा कम्तीमा स्टाफले काम पाए र यात्रुमा सार्वजनिक यातायात सुरक्षित छ भन्ने सन्देश पनि जान्छ। यो हाम्रै लागि राम्रो हो,’ नेपालले भने। सरकारी लगानी रहेको साझा यातायातको हालत पनि उस्तै छ।

    २६ वटा बसबाट सेवा दिइरहेको साझा यातायातले दैनिक खर्चको आधा मात्रै आम्दानी गरिरहेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

    ‘साझाको पहिलो प्राथमिकता भनेको त सेवा हो। नाफाकै कुरा गर्ने हो भने हाम्रो सञ्चालन खर्च पनि उठेको छैन,’ पाण्डेका अनुसार  ‘त्यस्तै हामीले यात्रु र स्टाफको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएका छौँ।

    गाडीलाई दैनिक निर्मलीकरण गर्छौं, प्रत्येक यात्रुलाई सेनिटाइजर लगाइदिन्छौ, स्टाफलाई प्रोटेक्टिभ उपकरणहरु प्रदान गरेका छौँ, त्यही भएर पनि हाम्रो सञ्चालन खर्च केही बढेको छ।’

    उता, रिङ्ग रोडमा ४ वटा बिजुली बस संचालन गरिरहेको सुन्दर यातायातले पनि किस्ता तिर्न सक्नेगरी पनि कमाई नभएको जनाएको छ। ‘एउटा गाडीले दैनिक औसत ३ हजारसम्म आम्दानी गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

    अहिले देशभरीकै सार्वजनिक यातायातको अवस्था दयनीय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।

    ‘म आफैं पनि दिनभर फिल्डमा निरीक्षणको लागि हिँडे। अफिस आवरमा केही यात्रु देखिए पनि अरु बेलामा ३/४ जना यात्रु बोकेर पनि हिँड्नुपर्ने अवस्था छ,’ उनले भने।

    भोलिको दिनको लागि माहोल बनाउन पनि व्यवसायीहरुले घाटा खाएर सेवा दिइरहेको उनको तर्क छ।‘अहिले हामीले गाडी चलायौं भने बजार बिस्तारै चलायमान हुन्छ र स्थिति सुध्रदै जान्छ। केही हप्ता हेरौँ, अवस्था सुध्रन्छ भन्ने हाम्रो आशा छ,’ उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...