News Portal

नारायणी नदीले पार गर्‍यो खतराको तह

हिमाली संचार संवाददाता
४८४ पटक
२०७७ साउन ५,सोमवार

अविरल वर्षासँगैको बाढीले नारायणी नदीमा पानीको सतह बढेको छ। देवघाट र पुल्चोकमा खतराको तह पार गरेकोले नदी किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताएका छन् ।

‘देवघाटमा पानीको खतरा लेबल ८ मिटर हो अहिले ९ मिटर क्रस गरिसकेको छ,’ उनले भने, ‘पुल्चोकमा खतराको लेबल १२ मिटर हो त्यो क्रस भइसकेको छ।’

सोमबार दिउँसोदेखि नारायणीमा पानीको वहाब बढेको उनले बताए। नारायणी नदी किनारामा रहेको हात्तीको २ वटा मूर्ति पनि नारायणीको बाढीले बगाएको छ। रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...