News Portal

खेलाडीहरुले देशको इजत, प्रतिष्ठा र शान बढाएका छन्- मुख्यमन्त्री राई

हिमाली संचार संवाददाता
५६७ पटक
२०७७ साउन १, बिहिवार

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढङ्गले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।’ तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं. १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं. १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

खेलाडी देशको इजत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । मन्त्री राईले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने सङ्कल्प प्रदेश सरकारले लिएको बताएका छन् । मन्त्री राईले ‘खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ ।’ खेलाडीहरुलाई व्यवसायीक ढङ्गबाट अगाडि बढ्न समेत आग्रह समेत गरेका थिए । ‘तपाईंहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन’ मुख्यमन्त्री राई । खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नुहुने मन्त्री राईको धारणा थियो ।

यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनु पर्ने धारणा राखेका थिए । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रुपमा समेत लिनुपर्ने बताए ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरुको बैङ्क खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मानसमेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए ।

कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट हौसला बढेको प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...