News Portal

कष्ठकर जिवन बिताउन बाध्य छन् असिना पीडित

६०६ पटक
२०७७ असार ११, बिहीवार

रोहित महतो/जनकपुरधाम – हामी तुरन्तै छानो दिन्छौँ भनेर ठूला ठूला नेता, मन्त्री, सांसदले घर हेरेर फर्केर गए। असिना परेको तीन महिना बित्यो तर हामीले केही पाएनौ,’ बर्षामा भिजेरै गुजारा गरिरहेकी उनले भनिन्, ‘पैसा छैन कहाँबाट मर्मत गराउने अनि छानो हाल्ने ?

बर्षा भएपछि छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ। मन्त्री, नेता तथा जनप्रनिधिले पटकपटक ढाँटेर गएपछि बर्षाको पानीले हिलाम्य घरमै बस्न बाध्य भएकी धनुषा बटेश्वर गाउँपालिका-१ चित्रपुरकी सुमित्रा देवी निराश छिन्।

काठको पुरानो खम्बाले ठड्याएको उनको घर कतिखेर खस्ने ठेगान छैन। ४ जना छोराछोरी र श्रीमानसहित बस्दै आएकी सुमित्रा बर्षा आउनासाथ भयवित हुन्छिन्।

गत वैशाख १२ गतेको हावाहुरीसँग आएको भारी असिनापानीले घरको छानोमा प्लालै प्वाल परेको छ। एक स्थानीयले राहतमा दिएको त्रिपालले घरको केही भाग ढाकिएपनि अधिकांश भाग पानीमा चुहिएको छ।

बर्षाका कारण दिउँसो १२ बजेसम्म समेत उनको घरमा चुलो बल्दैन। भोकले छोराछोरी कराउँछन् तर अन्य कुनै विकल्प नहुँदा त्यसैगरी गुजारा गर्न बाध्य छिन् सुमित्रा।

असिना पानीले अधिकांश व्यक्तिको छोनो फुटेपछि गाउँमा नेता तथा मन्त्रीहरुको गाडीको लावालस्करै देखिएका थिए। पूर्वमन्त्री रघुवीर महासेठ, प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा, प्रदेश सांसद शत्रुधन महतोलगायतले दुई साता भित्र जस्ता पाता दिने वाचा गरेपनि तीनमहिनादेखि उनीहरु कष्ठकर जिवन बिताउन बाध्य छन्।

गाउँपालिकाले चासो नदेखाएका कारण कष्ठकर जिवन बाँच्न उनीहरु बाध्य छन्। ‘हामी कसरी बाँचेका छौँ गाउँपालिका अध्यक्षले आजसम्म हेर्न आएका छैनन्। यहाँ गरिबको कोही छैनन्।

जस्ता पातामा लुटने ठाउँ खोजेर यीनीहरु बसिरहेका होलान्। हामी मरेपनि यीनीहरु कसैलाई केही मतलब हुन्न,’ स्थानीय राजकुमार महतोले भने।

मिथिला नगरपालिकाका १४ सय ८ घरधुरी र बटेश्वर गाउँपालिकाका ७ सय ३६ घरधुरी गरि जम्मा २१ सय ४४ घरधुरी असिनाले प्रभावित भएका थिए। असिना पीडितहरुलाई जस्तापाता दिने मन्त्रीपरिषदबाट समेत निर्णय भइसकेको बताइएको छ।

तर गरिब परिवारलाई जस्तापाताका लागि गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालय उदासिन छ। जस्ता पाता किन नबाँडिएको विषयमा धनुषाका सिडियो कोषहरी निरौला बिदामा बसेकाले केही बताउन नसकिने जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत गणेश मिश्रले बताए।

गाउँपालिका अध्यक्षले समेत पहलकदमीमा ढिलाई भएको स्वीकारे। गाउँसभाको तयारीमा रहेकाले करिब १५ दिनदेखि त्यसबारेमा बुझ्न नसकेको उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...