News Portal

  • नेकपाका नेता रावल आफ्नै सरकारसग किन कडा रूपमा प्रस्तुत भए

    हिमाली संचार संवाददाता
    ६७० पटक

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् ।

    बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३ र श्री ५ ले चलाएका कतिपय चलन गणतन्त्रमा आवश्यक नरहेको बताए । ‘२८ गते प्रधानसेनापती भारत जाने कुरा आएको छ । प्रधानसेनापति लगत्तै किन भारत जानुपर्छ भन्ने सन्दर्भमा प्रधानमन्त्री पहिले देखिकै चलन हो, उताबाट पनि आउने यताबाट पनि जाने र मानार्थ दिने भन्ने जवाफ दिन्छन्’ सांसद रावलले भने, यसलाई हटाउन सकिँदैन ?’

    सरकारले पूर्णचन्द्र थापालाई भदौ २४ बाट लागू हुने गरी सेनापति नियुक्त गर्न सिफारिस गरेको छ । लगतै प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदैछन् ।

    नेकपाका सांसद रावलले प्रधानसेनापति भए लगत्तै भारत जाने चलन गलत भएको बताए । यसको इतिहास उचित र सार्वभौम राष्ट्र अनुकुल नभएको उनले बताए ।

    ‘यो श्री ३ वीरशम्शेरको पालामा तत्कालीन बेलायती साम्राज्यले नेपालका सनेापतिलाई लेफि्टनेन्ट जर्नल (त्यतिबेला मानार्थ होइन) दिन थालेका हुन् । हामीले जब सन् १८१५ को युद्ध हार्‍यौं ३ हजार नेपालीलाई युद्ध बन्दी बनाइयो । युद्धबन्दीहरुलाई लिएर बेलायतले प्रयोग गर्ने रणनीति बनायो र भर्ती खोलेको भन्यो’ रावलले इतिहास सुनाए, ‘त्यो कुनै हाम्रो वीरताको र इज्जतको विषय थिएन ।’

    जुद्ध शम्शेरको पालादेखि नेपालका प्रधानसेनापतीलाई भारतमा मानार्थ महारथी दिन थालिएको भन्दै रावलले बि.स. २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा वेलायतले यसलाई निरन्तर जारी गर्ने निर्णय गरेको इतिहास रहेको बताए ।

    २०१७ सालपछि राजा महेन्द्र आएपछि रोकिएको यो चलन बहुदलमा प्रधानसेनापति भएका सचितशम्शेर राणालाई भारतको भूमि भएर श्रीलंका जान दिइएन । तर, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि फेरि नेपाल र भारतको सेनापतिलाई एकअर्काको मानार्थ महारथी मान्ने चलन सुरु भएको उनले बताए ।

    प्रधानसेनापति भएलगत्तै भारत जाने र मानार्थ लिने लगातारको चलन भएको र यो गौरवका लागि भएको भन्ने प्रधानमन्त्रीको जवाफ तथ्यसंगत नभएको उनले जिकिर गरे ।

    गणतन्त्रमा साम्राज्यवादी चलनमाथि गर्व गर्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘यो त हाम्रो देश कमजोर भएको कारण यस्तो चलन जारी भएको हो’ उनी भन्छन्, ‘अहिले पनि हामी कमजोर भएका कारण यसलाई बन्द गर्न नसकेका हौं ।’

    ‘हामीले गणतन्त्र ल्याइसक्यौं । कुनै श्री ३ महाराज र श्री ५ महाराजले चलाएका चलन अनुसार झुक्नुपर्छ भन्ने छैन । फाल्नुपर्छ’ सांसद रावलले भने, ‘हामी नेपालीहरु आत्मसम्मानका साथ बाँच्न पाउने परिवेशमा प्रवेश गरिसकेका छौं । हाम्रो देश पनि यो परिवेशमा प्रवेश गर्न सक्नुपर्छ । लोकतान्त्रिककरण भनेको यहि हो ।’

    सांसद रावलले नेपालको परराष्ट्रनीति समेत बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । परराष्ट्रनीति कमजोर भएका कारण धेरै समस्या आएको उनको भनाइ छ ।

    विमस्टेक सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पुनेमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको उल्लेख गरे । उनले नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली पठाउने तयारी गरिसकेको आफ्नो जानकारीमा आएको जिकिर गरे ।

    एकातिर संयुक्त सैन्य अभ्यासको तयारी पुरा भइसकको भन्दै आइरहेको अर्कोतिर होइन भनेर प्रष्टीकरण दिने काम भइरहेको भन्दै आफु अन्योलमा परेको बताए ।

    जवाफमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेक सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने विषय समावेश नभएको बताएका छन् । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...