News Portal

नेकपाका नेता रावल आफ्नै सरकारसग किन कडा रूपमा प्रस्तुत भए

हिमाली संचार संवाददाता
७८२ पटक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् ।

बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३ र श्री ५ ले चलाएका कतिपय चलन गणतन्त्रमा आवश्यक नरहेको बताए । ‘२८ गते प्रधानसेनापती भारत जाने कुरा आएको छ । प्रधानसेनापति लगत्तै किन भारत जानुपर्छ भन्ने सन्दर्भमा प्रधानमन्त्री पहिले देखिकै चलन हो, उताबाट पनि आउने यताबाट पनि जाने र मानार्थ दिने भन्ने जवाफ दिन्छन्’ सांसद रावलले भने, यसलाई हटाउन सकिँदैन ?’

सरकारले पूर्णचन्द्र थापालाई भदौ २४ बाट लागू हुने गरी सेनापति नियुक्त गर्न सिफारिस गरेको छ । लगतै प्रधानसेनापति थापा भारत भ्रमणमा जाँदैछन् ।

नेकपाका सांसद रावलले प्रधानसेनापति भए लगत्तै भारत जाने चलन गलत भएको बताए । यसको इतिहास उचित र सार्वभौम राष्ट्र अनुकुल नभएको उनले बताए ।

‘यो श्री ३ वीरशम्शेरको पालामा तत्कालीन बेलायती साम्राज्यले नेपालका सनेापतिलाई लेफि्टनेन्ट जर्नल (त्यतिबेला मानार्थ होइन) दिन थालेका हुन् । हामीले जब सन् १८१५ को युद्ध हार्‍यौं ३ हजार नेपालीलाई युद्ध बन्दी बनाइयो । युद्धबन्दीहरुलाई लिएर बेलायतले प्रयोग गर्ने रणनीति बनायो र भर्ती खोलेको भन्यो’ रावलले इतिहास सुनाए, ‘त्यो कुनै हाम्रो वीरताको र इज्जतको विषय थिएन ।’

जुद्ध शम्शेरको पालादेखि नेपालका प्रधानसेनापतीलाई भारतमा मानार्थ महारथी दिन थालिएको भन्दै रावलले बि.स. २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा वेलायतले यसलाई निरन्तर जारी गर्ने निर्णय गरेको इतिहास रहेको बताए ।

२०१७ सालपछि राजा महेन्द्र आएपछि रोकिएको यो चलन बहुदलमा प्रधानसेनापति भएका सचितशम्शेर राणालाई भारतको भूमि भएर श्रीलंका जान दिइएन । तर, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि फेरि नेपाल र भारतको सेनापतिलाई एकअर्काको मानार्थ महारथी मान्ने चलन सुरु भएको उनले बताए ।

प्रधानसेनापति भएलगत्तै भारत जाने र मानार्थ लिने लगातारको चलन भएको र यो गौरवका लागि भएको भन्ने प्रधानमन्त्रीको जवाफ तथ्यसंगत नभएको उनले जिकिर गरे ।

गणतन्त्रमा साम्राज्यवादी चलनमाथि गर्व गर्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘यो त हाम्रो देश कमजोर भएको कारण यस्तो चलन जारी भएको हो’ उनी भन्छन्, ‘अहिले पनि हामी कमजोर भएका कारण यसलाई बन्द गर्न नसकेका हौं ।’

‘हामीले गणतन्त्र ल्याइसक्यौं । कुनै श्री ३ महाराज र श्री ५ महाराजले चलाएका चलन अनुसार झुक्नुपर्छ भन्ने छैन । फाल्नुपर्छ’ सांसद रावलले भने, ‘हामी नेपालीहरु आत्मसम्मानका साथ बाँच्न पाउने परिवेशमा प्रवेश गरिसकेका छौं । हाम्रो देश पनि यो परिवेशमा प्रवेश गर्न सक्नुपर्छ । लोकतान्त्रिककरण भनेको यहि हो ।’

सांसद रावलले नेपालको परराष्ट्रनीति समेत बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । परराष्ट्रनीति कमजोर भएका कारण धेरै समस्या आएको उनको भनाइ छ ।

विमस्टेक सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पुनेमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको उल्लेख गरे । उनले नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली पठाउने तयारी गरिसकेको आफ्नो जानकारीमा आएको जिकिर गरे ।

एकातिर संयुक्त सैन्य अभ्यासको तयारी पुरा भइसकको भन्दै आइरहेको अर्कोतिर होइन भनेर प्रष्टीकरण दिने काम भइरहेको भन्दै आफु अन्योलमा परेको बताए ।

जवाफमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेक सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने विषय समावेश नभएको बताएका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...