News Portal

सेयर गर्नुहोस् आज सोमबारको राशिफल

नेपाली पात्रो
५६९ पटक

वि.सं.२०७७ साल असार ८ गते सोमवार, सन् २०२० जुन २२ तारीख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला। भौतिक सहयोग जुटाउनुपरे पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

केही अवसर जुट्नेछ तर बलजफ्ती गर्ने बानीले काम अधुरो रहन सक्छ। प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ। शुभचिन्तकहरूले हौसला जगाउनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। फजुल खर्च भने बढ्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकिनेछ र अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...