News Portal

  • आज बिहिवारको राशिफल सेयर गरौं

    हिमाली संचार संवाददाता
    ५७९ पटक

    बि.सं.२०७७ असार ४ गते बिहिवार, सन् २०२० जुन १८ तारीख


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा खुसी बढ्न सक्छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ। गरेको काममा ढिलासुस्ती हुनेछ। अनावश्यक धन खर्चपनि हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आँटेको र ताकेको कार्य पुरा हुनेछ। सन्तानबाट सहयोग मिल्नेछ। समाजसेवामा मन लाग्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अरूलाई प्रभावित पारेर काम बन्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। कष्टकर यात्रा गर्नुपर्ला। खर्चिलो यात्रा रहला।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अचल सम्पत्ती हात पर्ने योगछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुने समयछ। साहित्यिक क्षेत्रमा रूचीपनि बढ्नेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा बृद्धि होला। आफन्तको प्रगतिमा मन रमाउनेछ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    काम गर्ने हौसला मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। रमाइलो यात्राको योग रहेको छ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    पाटी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ। नयाँ कार्यको थालनी हुनेछ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...