News Portal

  • सेयर गर्नुहोस् तपाईंको आज सोमबारको राशिफल

    हिमाली संचार संवाददाता
    ५७० पटक

    वि.सं.२०७७ साल असार १ गते सोमवार || सन् २०२० जुन १५ तारीख || ने.सं. ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। नजिकका टाढिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। केही पाउन केही वस्तु गुमाउनुपर्ला। खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै लगानीले थोरै फाइदा हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आकस्मिक समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समय अलमलिनुपर्ने देखिन्छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या देखाउँदा सहयोग जुट्नेछ। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलि कमजोर रहला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    केही अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ।

    – ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल

    प्रतिकृया दिनुहोस्

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन ...

    अखिल क्रान्तिकारीका संयोजक मिलन राई प्रहरीले गिरफ्तार गऱ्यो

    बैशाख-३१, सोमबार/काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले...

    महिलातर्फ आइएसए नेपाल, धरान मेघा, इमोर्टल र रेडडेभिल्स सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-३१, सोमबार/धरान – सुनसरीको धरानमी संचालित “दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको महिलातर्फको समिकरण...

    रविको राजनिति आफैले सक्दै की अरूले सक्काउदै ?

    नेपालको राजनितिमा केहि समय अगाडी मात्र प्रबेश गरी राजनिति बृतमा धमाका मच्चाउन सफल बनेका रवि...

    धरानमा भइरहेको दोस्रो दिन धरान मेघा, आइएसए नेपाल, झापा र इमोर्टल क्लव विजयी (फोटो फिचर)

    बैशाख-३०, आइतबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवारदेखि सुरु भएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal