News Portal

  • सडक सञ्जालले जोडिँदै मुस्ताङ र डोल्पा

    हिमाली संचार संवाददाता
    ४७९ पटक
    २०७७ जेठ ३२, आईतबार

    नीरज थकाली/ठिनी – गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो।

    सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६/७७ मा रु ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

    वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ। यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ।

    साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ। साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो।

    उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ। कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ।

    समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ।

    मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए।

    ‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुन्छ’ उनले भने– ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ।’

    वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ। मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने उनले बताए।

    सडक कार्यालय बागलुङका सवइञ्जिनीयर सगुनकुमार कार्कीका अनुसार विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ।

    एउटा खण्डका लागि रु पाँच करोड, रु दुई/दुई करोडका दुई खण्ड र रु एक/एक करोडका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो।

    यही आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए। सांसद तुलाचनले भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको रु १० करोड रकममध्ये चार करोड रकमसमेत यही सडकका लागि छुट्याएको जानकारी दिए। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...