News Portal

बाजुरामा चार दिनको शिशुमा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४७७ पटक
२०७७ जेठ ३०, शुक्रवार

बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्।

सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा शिशुमा कोरोना पुष्टि भएको हो। शिशुकी आमालाई पनि संक्रमण देखिएको पन्तले बताए। शिशुको बुवाको भने नतिजा आउन बाँकी छ।

भारतबाट जेठ १४ गते नेपाल आएकी एक महिलाले गत जेठ १६ गते बाजुरा क्वारेन्टिनमै एक शिशुको जन्म दिएकी थिइन्। जिल्ला आएपछि गर्भवती महिला सहित उनका श्रीमानलाई सिधै क्वारेन्टिन लगिएको थियो।

बाजुराको क्वारेन्टिनमा रहेका १ सय ८२ जनाको स्वाब संकलन गरेर धनगढी पठाएको थियो। तीमध्ये आज आएको नतिजामा ४ दिने शिशुसहित १७ जनामा कोरोना पुष्टि भएको छ।

जसमध्ये ९ जना पुरुष र ८ जना महिला रहेका छन्। ७२ जनाको रिपोर्ट आउन बाँकी छ। चार दिने शिशुसहित कोरोना संक्रमण पुष्टि भएकी आमा अहिले क्वारेन्टिनमै छिन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले आमा र शिशुलाई क्वारेन्टिन स्थलमै छुट्टै आइसोलेसन बनाएर राख्ने तयारी रहेको जनाएका छन्। ‘जिल्लामा पनि ठाउँ छैन। उहाँहरूलाई क्वारेन्टिनमै छुट्टै राख्ने तयारी भइरहेको छ। रासस 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...