News Portal

  • बाजुरामा चार दिनको शिशुमा कोरोना संक्रमण

    हिमाली संचार संवाददाता
    ४०८ पटक
    २०७७ जेठ ३०, शुक्रवार

    बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्।

    सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा शिशुमा कोरोना पुष्टि भएको हो। शिशुकी आमालाई पनि संक्रमण देखिएको पन्तले बताए। शिशुको बुवाको भने नतिजा आउन बाँकी छ।

    भारतबाट जेठ १४ गते नेपाल आएकी एक महिलाले गत जेठ १६ गते बाजुरा क्वारेन्टिनमै एक शिशुको जन्म दिएकी थिइन्। जिल्ला आएपछि गर्भवती महिला सहित उनका श्रीमानलाई सिधै क्वारेन्टिन लगिएको थियो।

    बाजुराको क्वारेन्टिनमा रहेका १ सय ८२ जनाको स्वाब संकलन गरेर धनगढी पठाएको थियो। तीमध्ये आज आएको नतिजामा ४ दिने शिशुसहित १७ जनामा कोरोना पुष्टि भएको छ।

    जसमध्ये ९ जना पुरुष र ८ जना महिला रहेका छन्। ७२ जनाको रिपोर्ट आउन बाँकी छ। चार दिने शिशुसहित कोरोना संक्रमण पुष्टि भएकी आमा अहिले क्वारेन्टिनमै छिन्।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले आमा र शिशुलाई क्वारेन्टिन स्थलमै छुट्टै आइसोलेसन बनाएर राख्ने तयारी रहेको जनाएका छन्। ‘जिल्लामा पनि ठाउँ छैन। उहाँहरूलाई क्वारेन्टिनमै छुट्टै राख्ने तयारी भइरहेको छ। रासस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...