News Portal

पाइलटलाई कोरोना, मस्को नपुग्दै विमान फर्कियो

हिमाली संचार संवाददाता
५१० पटक
२०७७ जेठ १७, शनिवार

एजेन्सी – एयर इण्डियाका पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको छ।

शनिबार बिहान दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो (भिटी-इएक्सआर) का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।

उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि जान दिएका थिए। तर पछि अर्का व्यक्तिले पुन: चेक गर्दा गल्ती भएको थाहा भयो।

त्यतिञ्जेल विमान उज्बेकिस्तान पुगिसकेको थियो। त्यहीबाट विमानलाई फिर्ता बोलाइएको हो। भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो।

उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाउन लागेको टाइम्स अफ इण्डियाले जनाएको छ।

चालकदल फर्किएलगत्तै क्वारेन्टिनमा पठाइएको छ। अहिले विभिन्न राष्ट्रमा रहेका आफ्ना नागरिकलाई फर्काउन एयर इण्डियाको विमान प्रयोग गरिएको छ। हरेक विमान उड्नुअघि चालकदलको कोरोना परीक्षण हुने गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...