News Portal

  • रेडियो भेरी सुर्खेतका केशव ढकाल सहित ७ पत्रकारहरु पुरस्कृत हुदै

    हिमाली संचार संवाददाता
    १३१९ पटक

    राजु बोहरा/काठमाडौँ – मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस र उक्त बिषयमा अन्तरक्रियात्मक कार्यक्रम हिजो काठमाडौँको नयाँ बानेस्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न भएको छ ।

    बिन्ध्यबासिनी फाउण्डेशनका सल्लाहकारहरू, बिन्ध्यबासिनी फाउण्डेशनका आजिबन सदस्यहरु तथा बिन्ध्यबासिनी फाउण्डेसनबाट बिभिन्न समयमा सम्मानित हुनुभएका श्रष्टा कलाकार तथा पत्रकारहरू बाट सिफारिस भई आएको नामहरू उपर छलफल गरी निम्नलिखित व्यक्तित्वहरुलाई यस बर्षको सम्मान तथा पुरस्कार दिने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

    बिन्ध्यबासिनी संगीत साधना सम्मान २०७५ , गायिका श्री ज्ञानु राणालाई प्रदान गरिने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जना छनौट गरि ७ प्रदेशबाट ७ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय पनि भएको छ । “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा पुरस्कृत हुने पत्रकारहरुको नाम तल उल्लेख गरिएको छ ।

    १ . सपनी राई (इलाम एफएम)
    २ . शिभम कुमार शाह (नारायणी एफएम र बिरगंज टिभि)
    ३. हरि बल्लभ नेपाल ( मेरो एफएम )
    ४. प्रकाश पौडेल (धौलागिरी टेलिभिजन)
    ५. अनिता खत्री (रेडियो रेसुङ्गा )
    ६. केशब ढकाल (भेरी एफएम)
    ७. कृष्ण ओली (बाजुरा एफएम र नागरिक दैनिक)

    यस बर्षबाट “बिन्ध्यबासिनी संगीत साँझ २०७५“मा कुनै एक सर्जकको श्रृजना मात्र प्रस्तुत गर्ने नयाँ परम्पराको थालनी भएको कुरा पनि जानकारी प्राप्त भएको छ । जसमा यो बर्ष संगीतकार श्री अर्जुन पोखरेल ज्यूको श्रृजना गुन्जायमान रहनेछ । अर्जुन पोखरेल एकल साँझको रुपमा आयोजना हुने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५“मा अहिलेका चर्चित अनि व्यस्त संगीतकारलाई लिएर बिन्दावासिनी फाउन्डेसनको आयोजनामा मुक्तिनाथ बिकास बैंकले असोजको अन्तिम साता एकल साँझ गर्न लागेको हो ।

    अर्जुन पोखरेल एकल साँझमा अर्जुन सँगै उनले संगीत तथा स्वरमा सहकार्य गरेका अन्य चर्चित गायक र गायिकाले पनि आफ्नो प्रस्तुति दिनेछन् । जसमा सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, मञ्जु पौडेल, रामजी खाँड, सुरेश लामा, स्वेच्छा ठकुरी, सन्तोष लामा लगायत झण्डै एक दर्जन उक्त साँझका लागि तय भएका छन् ।

    साथै बिन्ध्याबसिनी म्युजिक अवार्ड २०७५ मा बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७५ , संगीतकार शक्ति बल्लभलाई, बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७५, गायक सुगम पोखरेल, बिन्ध्यबासिनी कलापत्रकारीता सम्मान २०७५ , श्री रमण घिमिरे, बिन्ध्यबासिनी चलचित्र सम्मान २०७५, निर्देशक श्री मिन बहादुर भाम (कालो पोथी) लाई प्रदान गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    विदेशमा रहेका नेपालीले मतदानको व्यवस्था मिलाउन जनमतको माग

    काठमाडौँ। जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको...

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal