News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गरौं आज जेठ १६ गते शुक्रबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल
    ६६७ पटक

    आज वि.सं.२०७७ साल जेठ १६ गते शुक्रवार || सन् २०२० मे २९ तारीख || नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले भने दु:ख दिन सक्छन्, सजग रहनुहोला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। प्रयत्न गर्दा भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। बलजफ्ती गर्ने बानीले दु:ख पाइनेछ र फजुल खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले केही समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला।

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...

    रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

    काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर...

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...