News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आलमको घर छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा परेपछि…

    हिमाली संचार संवाददाता
    ४५९ पटक
    २०७७ जेठ ९, शुक्रवार

    रौतहट — बम विस्फोट घटनालाई लिएर नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ।

    आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई फेला पार्न भने सकेन । बरु उल्टै सयौं स्थानीयले घेरा हालेपछि कयौं राउन्ड हवाई फायर गर्नुपर्‍यो।

    प्रहरीका अनुसार महताब घर आएको सूचना पाएपछि बारा र प्रदेश प्रहरी जनकपुरको संयुक्त टोलीले छापा मारेको हो। घरमा तीन–चारवटा सम्म गेट थिए। ती सबै फोडेर भित्र पस्न प्रहरीलाई समय लागेको थियो तर, गाउँलेले प्रहरीले सर्च गरेको भन्ने नै थाहा पाएनन्।

    उनीहरूले तोडफोड भएको सुनेपछि नजिकको मदरसाबाट माइकिङ गरी गाउँलेलाई जम्मा हुन उर्दी गरियो। त्यस क्रममा झन्डै ५ सयको हाराहारीमा गाउँलेले घेराबन्दी गरेको एक सुरक्षा अधिकृतले बताए। ‘आलमका भाइ महताब आएको भन्ने सूचना पाएपछि नियन्त्रणमा लिन गएका हौं,’ उनले भने, ‘राति गाउँलेले घेरा हालेपछि १२ राउन्ड हवाई फायर गरेर बाहिरियौं।’

    प्रहरीका अनुसार घरमा पूर्वमन्त्री आलमका परिवार सदस्य मात्र सुतेका थिए। आलमका ३ नातेदारको घरमा पनि छापा मारिएको थियो तर, प्रदेश प्रहरीले छापा मार्न लागेको कुरा जिल्ला प्रहरीप्रमुखलाई नै जानकारी गराइएको थिएन। प्रहरीको यो शैलीले आलमका परिवार त्रासमा परेको राजपुरका मेयर सेख सकिलले बताए।

    ‘यो त डकैती शैली भयो। अन्यायको पराकाष्ठा नाघेर प्रहरीले जे मन लाग्यो त्यही गर्न पाउँछ ?,’ उनले भने, ‘कम्तीमा हामीसित समन्वय गरेको भए सहयोग गर्थ्यौं। यस्तो हर्कतको घोर भर्त्सना गर्छौं।’ सकिलको घर आलमको घरनजिकै छ। त्यहाँ मुस्लिम समुदायको घना बस्ती छ।

    जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले अहिले स्थिति सामान्य भइसकेको बताए। ‘राति तनाब भए पनि अहिले सामान्य छ,’ उनले भने, ‘स्थिति तनाबग्रस्त बनेपछि जिल्लाबाट पनि टोली पठाएका थियौं।’ पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर, फरहदवास्थित पूर्वमन्त्री सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।

    पूर्वमन्त्री आलममाथि उक्त घटनाका मृतक र घाइतेलाई चिम्नीभट्टीमा हालेको आरोप छ। उक्त घटनाका मृतकमध्ये सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरका परिवारले आलम र उनका भाइलगायतविरुद्ध किटानी जाहेरी दिएका थिए। आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो। उनका भाइ महताब फरारको सूचीमा छन्।

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...

    रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

    काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर...

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...