News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पत्रकारको कार्ड बोकेर चोर्ने कार्यमा संलग्न पक्राउ

    हिमाली संचार संवाददाता
    ३०६ पटक
    २०७७ जेठ ७, बुधवार

    काठमाडौं- प्रहरीले लकडाउनको मौका छोपेर पत्रकारको कार्ड बोक्दै चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् ।

    उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको पुलस्थित सुविन मानन्धरको घरबाट ल्यापटप र आइप्याड चोरी गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई प्रहरीको टोलीले बैशाख ६ गते चोरीका सामाग्रीसहित पक्राउ गरेको हो । साथै उनीहरुबाट ५३ हजार अमेरकी डलर, २ सय चाइनिज युयान र धारिलो हतियार पनि बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए ।

    प्रतिकृया दिनुहोस्

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...

    रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

    मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न...

    नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

    काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार...

    चार संसदीय समिति आइतबार बस्दै, कृषि, विधायन, संरक्षण र संघीयता सबलीकरणका विषयमा छलफल

    काठमाडौं, असार २५ — प्रतिनिधिसभाका चार वटा समितिहरू आइतबार आ-आफ्नो कार्यसूचीसहित बैठकमा बस्दैछन्। कृषि प्रणाली,...

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...