News Portal

सेयर गरौ आज २०७७ जेठ ४ गते आइतवारको राशिफल

हिमाली संचार संवाददाता
७८२ पटक
- ज्यो.प. नारायणप्रसाद दुलाल

आज २०७७ साल जेठ ४ गते आइतवार || सन् २०२० मे १७ तारिख || नेपाल संवत ११४०


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्यमा धन खर्च हुनेछ। अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ। घरायसी विवादपनि बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजबाट मान सम्मान मिल्नेछ। पारिवारिक सुखपनि मिल्नेछ। सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन रोकिएको पैसा हातलाग्ला। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। पारिवारिक जमघटपनि हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलतापनि मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको बिश्वास जित्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानसक्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...