News Portal

  • सेयर गरौ आज २०७७ जेठ ४ गते आइतवारको राशिफल

    हिमाली संचार संवाददाता
    ७२८ पटक
    - ज्यो.प. नारायणप्रसाद दुलाल

    आज २०७७ साल जेठ ४ गते आइतवार || सन् २०२० मे १७ तारिख || नेपाल संवत ११४०


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज स्वास्थ्यमा धन खर्च हुनेछ। अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ। घरायसी विवादपनि बढ्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समाजबाट मान सम्मान मिल्नेछ। पारिवारिक सुखपनि मिल्नेछ। सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन रोकिएको पैसा हातलाग्ला। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। पारिवारिक जमघटपनि हुनेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलतापनि मिल्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको बिश्वास जित्न सकिनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानसक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...