News Portal

  • शेयर गरौ आज वैशाख ३१ गते बुधबारको राशिफल

    ज्योतिष नारायणप्रसाद दुलाल
    ७१३ पटक

    आज बि.सं. २०७७ साल वैशाख ३१ गते बुधवार || सन् २०२० मे १३ तारिख || नेपाल संवत ११४०


    मेष
    आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।

    वृष
    आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

    मिथुन
    शैक्षिक क्षेत्र कमजोर नै रहला। अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ।

    कर्कट
    आज सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योगपनि रहेको छ।

    सिंह
    आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

    कन्या
    मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। आम्दानी बढाउने योजना गर्न सकिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

    तुला
    आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा धन खर्च हुनेछ। शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ।

    वृश्चिक
    आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

    धनु
    साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक कार्यमा मन जानेछ। व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ।

    मकर
    आँटेको र ताकेको कार्य अघि बढ्नेछ। पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

    कुम्भ
    विद्या र बुद्धिको ह्रास हुनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ।

    मीन
    धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जोश जाँगर र हिम्मत बढ्ला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...