News Portal

शेयर गर्नुहोस तपाईंको आज २०७७ साल वैशाख २१ गते आइतवार, सन् २०२० मे, ३ तारीखको राशिफल

ज्योतिष नारायणप्रसाद दुलाल
७९३ पटक

मेष
दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ।

वृष
धुम्रपान र मद्यपानबाट टाडै रहनु होला। गरेको कार्यमा बाधा आउनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

मिथुन
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको योजना बन्ला।

कर्कट
आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ। रोकिएका अधुरा कामहररू पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ।

सिंह
आज आँटेको कार्य अगाडी बढ्ला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। व्यापारमा भने सफलता नमिल्ला ।

कन्या
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। छटपटी बढ्नाले मनपनि कमजोर रहला।

तुला
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। चुनौतीको सामनापनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ।

वृश्चिक
आज स्वादिष्ट भोजन पाईनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक हितको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ।

धनु
राजनीतिक क्षेत्रको काम अघी बढ्नेछ। नयाँ कर्यको योजनले गति पाउनेछ। शुभ कार्यको चर्चा चलनेछ। परिकारहरू खान पाईनेछ।

मकर
आर्थिक कारोवारमा बिवाद आउनेछ। चोटपटकको भय र सामान्य स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजक रहनु होला।

कुम्भ
नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन
विशिष्टव्यक्तिको सहयोग पाईनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। पार्टनसीपको कार्यमा सफलता मिल्नेछ। दैनिकी विस्तारै सहज होला।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...