News Portal

आज २०७७ साल वैशाख ८ गते, सन् २०२० अप्रिल २० तारीख सोमबार

ज्योतिष नारायणप्रसाद दुलाल
४२२ पटक

मेष
हिडडुल र यात्राबाट हानि हुनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।

वृष
कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मिथुन
आज घर परिवार संग समय व्यतीत हुनेछ। मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ। धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ।

कर्कट
पुनर्मिलनको योगपनि रहेको छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

सिंह
स्वास्थ्य प्रति सजक रहनु पर्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। शरीरमा आलस्य आउला। प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ।

कन्या
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साँझपख शुभ समाचार आउन सक्छ।

तुला
बौद्धिकताको विकास हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक
नयाँ कार्यको योजना बन्ला। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ।

धनु
भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

मकर
मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ। श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा चल्नेछ।

कुम्भ
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्।

मीन
मनमा प्रसन्नता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...