News Portal

वडाध्यक्ष सफिकद्वारा खाद्य सामाग्री सहयोग

सौरभ गिरी
४१९ पटक
नेपालगन्ज १६, २०७६ चैत

बाँकेको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला अध्यक्ष बेहनाले आफ्नो ब्यक्तिगत खर्चमा प्रत्यक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन्।

लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट बन्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन दिएको अध्यक्ष बेहनाले बताए।

कोरोना जस्तो महामारी फैलिएको अवस्थामा मजदुरी गर्ने समुदायकालाई भोकै बस्ने बाध्यता नहोस् भन्ने सोचका साथ मैले आफ्नो ब्यक्तिगत रुपबाट सहयोग गरेको छु।

एक हप्ता पुग्ने रासन सामाग्री पाए पश्चात् बिपन्न समुदायकि निर्मला रेग्मीले यस्तो विषम परिस्थितिमा अध्यक्ष सरले मानबताको नाताले यत्रो ठुलो सहयोग गर्दा आफ्नो परिवार अब भोकै नमर्ने बताइन्।

त्यस्तै खाद्यान्न सामाग्री पाएका करुणा राई जस्तै सबैले आँखा भरी खुसीका आशु बर्षाउदै अध्यक्ष बेहनालाई हृदयदेखि धन्यवाद दिए।

अध्यक्ष बेहनाले लकडाउन पुन: लम्बिएमा आफुले फेरि सहयोगको बारेमा सोच्ने बताए। अध्यक्ष बेहना नेपालगन्जमै सबैभन्दा सहयोगी जनप्रतिनिधिका रुपमा चिनिन्छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...