News Portal

नक्कली बिरामी बोक्ने ट्रस्टको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

हिमाली संचार संवाददाता
४३४ पटक

भद्रपुर १४, २०७६ चैत : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ। को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाज कल्याण ट्रष्टको नाममा दर्ता छ।

एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो।

एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ। प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए।

एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए। यात्रुलाई प्रहरीले छाडिदिएको छ। भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो।

बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी कोभिड-१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायम गरिएको छ।

बिर्तामोडका २० पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र सर्वसाधारणले सामान खरीद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो।

चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ।

प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरु गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो।

सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरीद गर्दा पसलमा आउने ग्राहक र बिक्रेता दुवै पक्ष कोभिड-१९ को सङ्क्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ। रासस

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...