News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हेर्नुहोस तपाईंको आज बिहीवारको राशिफल

    हिमाली संचार संवाददाता
    ३४१ पटक
    ज्योतिष लक्ष्मीप्रसाद बराल

    आज वि.सं.२०७६ साल चैत १३ गते | सन् २०२० मार्च २६ तारीख बिहीवार


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। (नेपाली पात्रो)

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि काम रोकिन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तर केही समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    फाइदा मात्र हेर्दा आलोचित भइनेछ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    मेहनतले सम्मानित स्थान दिलाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...