News Portal

हेर्नुहोस तपाईंको आज बिहीवारको राशिफल

हिमाली संचार संवाददाता
४२६ पटक

वि.सं.२०७६ साल चैत ६ गते | सन् २०२० मार्च १९ तारीख बिहीवार


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...