News Portal

धनुषाका पत्रकारहरुले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने

हिमाली संचार संवाददाता
४७७ पटक

घनश्याम मिश्र
जनकपुरधाम ०२, २०७६ चैत : गत पुष २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनामा न्याय माग्नका लागि भन्दै पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने निर्णय गरेका छन्।

घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकले सम्बन्धित निकायले न्याय दिलाउन चासो नलिएपछि जनकपुर उपमहानगरपालिकासहित घटनामा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित काम गरेका पत्रकारहरुलाई कारवाही गर्ने निर्णय सर्वसम्मतिले गरेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव किरण कर्णको संयोजकत्वमा रहेको संघर्ष समितिले ७ दिनभित्र आक्रमण परेका पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित समाचार सम्प्रेषण गरेका संचार माध्यमविरुद्ध समेत मुद्दा दायर गर्ने निर्णय गरेको छ।

समितिको निर्णय विपरित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानविनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दीपक कर्णको सहभागितामा ३ सदस्यीय समिति समेत गठन गरिएको छ।

सो समितिले छानविन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ।

जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा उनकै उपस्थितिमा कुटपिट गरिएको थियो।

घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटान गरी अपराधी र गुण्डा लगायतका शब्द प्रयोग गरेकोले कारवाही गर्ने गरेको थियो।

उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहको आक्रमणबाट पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रलाई घाइते भएका थिए। कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो।

घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो।

तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन। धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि दुइ दिन पछि तारिखमा रिहा गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...