News Portal

हिमेश पन्तले जिते कमेडी च्याम्पियन

हिमाली संचार संवाददाता
५०४ पटक

काठमाडौँ ०१, २०७६ चैत : रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन्।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले कमेडी सर्कल नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए। शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुन मगर पनि थिए।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको कमेडी च्याम्पियनको निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यस अघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...