News Portal

होलीमा उच्छृंखल गतिविधिमा संलग्न २५ जना पक्राउ, २ हजार सवारीसाधन कारबाहीमा

हिमाली संचार संवाददाता
४३७ पटक

काठमाडौं २७, २०७६ फागुन : होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। होलीमा उच्छृंखल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामध्ये २२ पुरुष र ३ महिला छन्। काठमाडौंका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेहरूलाई महाराजगन्ज, बालाजु, कालीमाटी लगायत प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ। त्यस्तै, उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरेको हो। कारबाहीमा पर्ने १ हजार ६ सय ४५ दुई पांग्रे तथा २ सय ९६ चारपांग्रे सवारीसाधन छन्।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादकपदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको बताए। ती दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए।

५ सय ६६ ट्राफिक प्रहरीलाई काममा खटाइएको थियो। त्यस्तै, गत वर्षको तुलनामा यसपटक सवारी नियम उल्लंघन गर्ने गतिविधिमा कमी आएको छ।

गृह मन्त्रालयले महारामारीका रूपमा फैलिएको कोरोना भाइरसका प्रभावका कारण औपचारिक रूपमा नमनाउन सबैलाई आग्रह गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...