News Portal

  • शेयर गर्नुहोस तपाईंको आज आइतबारको राशिफल

    हिमाली संचार संवाददाता
    ५३४ पटक

    आज वि.सं. २०७६ साल फागुन २५ गते आइतबार | सन् २०२० मार्च ८ तारीख | नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    विभिन्न अवसर प्राप्त भए पनि सफलताको यश अरूले लिनेछन्, आफू पर्दाभित्रको पात्र भइनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका लागि काम गर्नुपरे पनि धनलाभ भने हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न विलम्ब हुनेछ। भोजलगायत विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि सचेत रहनुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सजिलै काम सम्पादन हुनाले दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    साथीभाइ जुट्नाले सजिलै उद्देश्य पूरा हुनेछ। सानो प्रयत्नले राम्रो नतिजा दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनग्गे अर्थ लाभ हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    खर्च लागे पनि रोकिएको काम सम्पादन हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। दिगो आम्दानी हुने काम फेला पर्नेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा साथीभाइ टाढिनेछन्। तापनि पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...

    श्वासप्रश्वासमा समस्या देखिएका नवजात शिशुको काठमाडौंमा उपचारका क्रममा निधन

    खोटाङ, साउन ६ – जिल्ला अस्पताल खोटाङमा सोमबार शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौंको कान्ति...