News Portal

आज बागमतीमा सार्वजनिक विदा

हिमाली संचार संवाददाता
५८८ पटक

सुनिल ठाकुर
मलंगवा २२, २०७६ फागुन : ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको छ।

बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले सूचना निकालेर सार्वजनिक विदा दिएको जनाएका छन्।

नगरपालिका अन्तर्गत सञ्चालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

बागमती नगरपालिकास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम हुनेछ।

बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिए।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक बागमती युवा क्लब सर्लाही र ब्वाईज युनियन क्लब काठमाडौंले प्रतिस्पर्धा गर्दैछन्।

खेलमा १२ वटा टिमको सहभागिता रहनेछ। चैत १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपियाँ र उपबिजेताले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन्।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...