News Portal

नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने काँग्रेसले यतिकेकमा खोज्यो राष्ट्रवाद : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
३९७ पटक

काठमाडौं १६, २०७६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।

पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २,४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताए। प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भने,’मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे। होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोजेको टिप्पणी गरेका छन्। ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद।

कांग्रेस केक राष्ट्रवादी हो’, उनले भने, ‘नाकाबन्दी लागेको बेला बोल्न नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी। केकमा देख्ने राष्ट्रवाद।’

प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताएका छन्। प्रधानमन्त्री ओलीले आफू संसदबाट नभागेको बताए।

बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन। संसदमा २ तिहाइ ल्याएको संसदको नेता हुँ म। भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए। यस्तै, प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताएका छन्।

केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्लेख गर्दै ओलीले भने,’किड्नी फेरेको ५ दिन अस्पताल बस्छु। छैटौँ दिनबाट काम गर्छु। विरामी को हुँदैन र। म पनि अलिअलि विरामी हुन्छु।

विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ। किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु।’ उनले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताए। ओलीको जन्मदिनमा यति ग्रुपले उक्त केक हेलिकप्टर चार्टर गरेर उनको जन्मघर पुर्‍याएको चर्चापरिचर्चा छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...