News Portal

नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने काँग्रेसले यतिकेकमा खोज्यो राष्ट्रवाद : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
४३८ पटक

काठमाडौं १६, २०७६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्। वाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन्।

पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २,४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताए। प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भने,’मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे। होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रवाद खोजेको टिप्पणी गरेका छन्। ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद।

कांग्रेस केक राष्ट्रवादी हो’, उनले भने, ‘नाकाबन्दी लागेको बेला बोल्न नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी। केकमा देख्ने राष्ट्रवाद।’

प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताएका छन्। प्रधानमन्त्री ओलीले आफू संसदबाट नभागेको बताए।

बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन। संसदमा २ तिहाइ ल्याएको संसदको नेता हुँ म। भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए। यस्तै, प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर अझै १५ वर्ष काम गर्ने बताएका छन्।

केही दिनपछि मृगौला प्रत्यारोपण गर्ने उल्लेख गर्दै ओलीले भने,’किड्नी फेरेको ५ दिन अस्पताल बस्छु। छैटौँ दिनबाट काम गर्छु। विरामी को हुँदैन र। म पनि अलिअलि विरामी हुन्छु।

विरामी भएका बेला पनि काम गर्ने बानी परेको छ। किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु।’ उनले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने पनि बताए। ओलीको जन्मदिनमा यति ग्रुपले उक्त केक हेलिकप्टर चार्टर गरेर उनको जन्मघर पुर्‍याएको चर्चापरिचर्चा छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...