News Portal

उजुरी नपरे पनि बाँस्कोटामाथि अनुसन्धान गर्न सकिन्छ : अख्तियार प्रवक्ता कोइराला

हिमाली संचार संवाददाता
४३० पटक

काठमाडौं १०, २०७६ फागुन : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको नयाँ पत्रिकासँग बताए।

अख्तियारमा उजुरीका धेरै स्रोत हुन्छन्, सञ्चारमाध्यममा आएका विषयलाई पनि उजुरीका रूपमा लिएर छानबिन अघि बढाउन सकिन्छ,’ प्रवक्ता कोइरालाले भने तर, अख्तियारले अहिलेसम्म अनुसन्धान भने सुरु गरेको छैन।

आइतबार कार्यालय खुलेपछि थप भन्न सक्ने कोइरालाको भनाइ छ। अनुसन्धान सुरु हुने विषयमा म अहिले थप केही बोल्दिनँ,’ उनले भने, ‘आइतबार आयोग खुल्छ, त्यसपछि थप कुरा गर्न सकिन्छ।

स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसनका लागि मोलमोलाइ भएको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिइसकेका छन।

बाँस्कोटाले थप कमिसनका लागि एक अर्ब लागत बढाउनसमेत एजेन्ट मिश्रलाई सुझाएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको मन्त्रीबाट राजीनामा मात्रै नभई छानबिन हुनुपर्ने माग संसद्बाटै गरिसकेको छ।

सम्पत्ति शुद्धीकरण विभागले भने सार्वजनिक भएको अडियो रेकर्डकै आधारमा बाँस्कोटाको सम्पत्ति छानबिन गर्न नसकिने जनाएको छ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले अहिलेसम्म सार्वजनिक भएका विषयका आधारमा सम्पत्ति छानबिन गर्न नसकिने बताएका हुन।

उनको सम्पत्ति छानबिन गर्न कि भ्रष्टाचार प्रमाणित भएको हुनुपर्छ, कि कमिसनबाट प्राप्त पैसा अपराधमा प्रयोग भएको हुनुपर्छ,’ भट्टराईले भने, ‘तर, अपराध भइसकेको देखिँदैन। यही अवस्थामा सम्पत्ति शुद्धीकरण आकर्षित हुँदैन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...