News Portal

कम्युनिस्टका मेयरले बन्द गरेको पसल काँग्रेसका सभापतिले खोलिदिए

मिलन त्रिताल
५५४ पटक

इटहरी २६, २०७६ माघ : सनकका भरमा इटहरीका मेयर द्वारिकलाल चौधरीले बन्द गरेको इटहरी उपमहानगरपालिकाको अगाडी सुवास साहले सञ्चालन गर्दै आईरहेको न्यु पान पसल इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले खोलिदिएका छन।

फ़ोहोर व्यवस्थापनमा समस्या भएको कारण दर्शाउदै माघ २४ गतेको मितिमा पसल बन्द गर्ने व्यहोरा खोली मेयरद्वारा हस्ताक्षरित पत्र पान पसल अगाडि टाँसेर पसल बन्द गरिएको थियो।

बर्षौदेखी पान पसल चलाएर ५ जनाको परिवार पाल्दै आएका साहले आफुले नियमानुसार नै अन्तशुल्क र कर तिर्दै आईरहेकोमा विगतमा पनि मेयर आफ्नो पसलमा आएर सामान फ्यालिदिने,धम्की दिने गरेको गुनासो सञ्चारपाटी सँग गरे।

मेयरले गैह्रकानुनी रूपमा बन्द गरेको पसल खोलिदिए पश्चात सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै काँग्रेस सभापति पौडेलले मेयरको अराजकताको पराकाष्ठा नाघेको भन्दै राज्यलाइ कर तिरेर नियमसंगत हिसाबले व्यापार गर्दा पदिय दुरुपयोग गरि गुण्डागर्दी शैलीमा मजदुरको रोजिरोटी खोस्ने काम गरेकाले आफू बाध्य भएर पाटी भन्दा माथी उठेर ताला खोल्न बाध्य भएको बताए।

रामप्रसाद चौंलागाई प्रकरणमा समेत मुख खोल्दै काँग्रेस सभापति पौडेलले भ्रष्टाचार र कानुन उल्लंघन गर्ने कार्यको कानुनी उपचार रहँदा रहँदै मेयरले रामप्रसाद चौंलागाइलाई कानुनलाई लत्याउदै अन्याय गरेको भन्दै मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता र विधिको शासनका बिरुद्धमा आफुले कसैसग सम्झौता नगर्ने स्पष्ट पारे।

कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले मेयरको गतिविधी असामान्य भएको भन्दै उद्योग व्यवसाय बन्द गर्ने अराजक गतिविधि फेरि गरे उद्योग वाणिज्य संघ चुप लागेर नबस्ने चेतावनी दिए।

रेडिमेड व्यवसायी संघ इटहरीका सचिव हरि खतिवडाले नियम कानुन पालना गरेर व्यवसाय गर्दा पनि मेयरको दादागिरी जारी रहे आफुहरु संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...