News Portal

चितवनमा २८ जना स्वाइन फ्लुका बिरामी

हिमाली संचार संवाददाता
५८२ पटक

वसन्त पराजुली

भरतपुर, ७ भदौ  – चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका हुन् ।
“गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”,कलेजका प्रयोगशाला प्रमुख डा. सन्जय यादवले भन्नुभयो ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हँुदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हँुदै ‘मल्टि अर्गान फेलर’अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ । तर चितवनमा यो रोगले मानिसको ज्यान लिएको छ वा छैन भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन । चितवन मेडिकल कलेजमा अहिले पनि यो रोगबाट जटिल अवस्था भएका सात ÷आठ जना बिरामीले आईसीयूमा उपचार गराइरहेका छन् ।

जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालमा यो रोगका लागि परीक्षण गर्न विशेष युनिट नै स्थापना भएको छ । अस्पतालका रिसर्च टेक्नोलोजिष्ट जेसी राना मेडिकल कलेजका विरामी योे सूचीमा नआएको बताउनुहुन्छ । “सरकारी अस्पतालमा भदौको पहिलो पाँच दिनमै ५२ वटा गरिएको नमुना परीक्षणमा इन्फ्लूयन्जा ए का बिरामी १३ जनामा देखिएको छ”,रानाले भन्नुभयो ।

इन्फ्लूयन्जा ए भित्र एच वान एन वान पनि पर्छ । यसको आधिकारिक पुष्ट्याइ भने काठमाडाँैमा थप परीक्षण पछि मात्रै भन्न सकिने रानाले बताउनुभयो ।
“थप परीक्षण गरी एच वान एन वान हो वा होइन भनेर स्पष्ट गर्न काठमाडौँ पठाइएको छ । यसको केही दिनमा रिपोर्ट आएपछि मात्रै यसै भन्न सकिन्छ”,उहाँले भन्नुभयो ।

अहिले चितवनमा चितवन मेडिकल कलेजले रगतको माध्यमबाट गरिने परीक्षण ‘आईजीएम इलाइजा’वाट र भरतपुर अस्पतालमा नाक र मुख भित्रको र्याल र सिँगानको परीक्षण गरी स्वाइन फ्लुका किटाणु पहिचान गरिन्छ । भरतपुर अस्पतालका फिजिसियन डा. राजु वानिया इन्फ्लुयन्जा ए (एच वान एन वान)बाट सर्तक रहनुपर्ने धारणा राख्नुहुन्छ ।

“अहिले नै महामारी भयो भनेर डराउनु पर्दैन तर पनि सर्तक भने रहनुपर्छ ”, उहाँले भन्नुभयो । चितवन मेडिकल कलेजका चिकित्सकहरू भने इन्फ्लुयन्जा ए (एच वान एन वान)को सङ्क्रमण चितवनमा जटिल वन्दै गएको जिकिर गर्नुहुन्छ ।
“रुघा खोकी मात्रै लाग्यो भनेर बस्नेहरूको अवस्था त परीक्षण सम्म आइपुगेकै छैनन् । जटिल अवस्थाका बिरामीहरुको परिक्षण गर्दा मात्रै पनि यतिका धेरै बिरामी भेटिनु जटिल अवस्था हो”,एक चिकित्सकले भन्नुभयो ।

स्वास्थ्य सेवा विभागमा सरुवा तथा महामारी रोग हेर्ने जनस्वास्थ्य अधिकृत रेशम लामिछाने चितवन इन्फ्लुयन्जा ए (एच वान एन वान) को जोखिम जिल्लामै रहेको वताउनुहुन्छ ।

“चितवन इन्फ्लुयन्जा ए (एच वान एन वान) को जोखिम जिल्ला हो । यस रोगको सङ्क्रमणबाट बृद्धबद्धा,बालबालिका र दीर्घरोगीलाई बढी जोखिम हुन्छ”, उहाँले भन्नुभयो ।

“यो रोग बिरामीबाट अरुलाई नसरोस् भन्न बिरामीले खोक्दा,हाच्छुँउ गर्दा मुख छोप्नुपर्छ । भीडभाड भएको ठाउँमा जानुहँुदैन”,उहाँले जानकारी दिनुभयो । जनचेतना विस्तारका लागि जिल्ला जनस्वास्थ कार्यालयसँग समेत बजेट नभएको अहिलेको अवस्थामा स्थानीय तहहरूले रोग नियन्त्रणका लागि जनचेतना जागाउनु नै उत्तम हुने उहाँको सुझाव छ । (रासस)

प्रतिकृया दिनुहोस्

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको...