News Portal

सुमन कार्कीलाई जिताउन गृह जिल्ला मोरङमा व्यापक प्रचार-प्रसार

हिमाली संचार संवाददाता
१००४ पटक

प्रवेश बिष्ट
मोरङ १०, २०७६ पौष : कान्तिपुर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन।

लामो समयदेखि हास्यव्यंग क्षेत्रमा लागेका कार्की चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्ने पहिलो कलाकार समेत हुन। पत्रकार धमलाको क्यारिकेचर गरेसँगै कार्कीले मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय मह जोडीसँग पुरा नेपाल भ्रमण गर्नै अवसर समेत प्राप्त गरेका थिए।

रतुवामाईका ९ का सुमन कार्कीलाई कमेडी च्याम्पीयन बनाउन यतिबेला पूर्वका अधिकांश क्षेत्रमा सुमन कार्की जिताऊ अभियान सञ्चालन गरिएको छ। यस अघिका एपिसोडमा निकै उत्कृष्ट प्रदर्शन गरेर उनले दर्शक र जर्जहरुको मन जित्न सफल भएका थिए।

सानै उमेरदखि हास्यकला क्षेत्रमा लागेका कार्की विभिन्न व्यक्तिहरुको क्यारिकेचर गर्न अब्बल देखिन्छन्। कार्की कलाकार मात्र नभएर एउटा सफल सञ्चारकर्मि समेत हुन।

रेडियो सुनाखरीबाट पत्रकारिता सुरुवात गरेका कार्की हाल रेडियो अडियोका कार्यक्रम प्रस्तोता हुन्। कमेडियन कार्कीले गाईजात्रामा पनि काम गर्ने मौका पाइसकेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...