News Portal

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिश श्रेष्ठ

दी भ्वोइसका प्रतिस्पर्धी सनिश श्रेष्ठको पक्षमा काठमाडौं, धरान र पोखरामा भोटिङ क्याम्प

हिमाली संचार संवाददाता
५४५ पटक

सुनसरी १७, २०७६ मंसिर : धरान उपमहानगरपालिका–१ की सुष्मा लिम्बू केहीदिन यता निकै व्यस्त छिन्। दोस्रो संस्करण शुरु भएदेखि नै दी भ्वोइस अफ नेपाल हेरिरहेकी सुष्मालाई काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ असाध्यै मन पर्छ।

र, सुष्माले दी भ्वोइसको उत्कृष्ट चारमा पुगेका सनिशलाई जिताउन धरानमा भोटिङ क्याम्प शुरु गरेकी हुन्। ‘मैले अघिल्लो साताबाटै सनिश श्रेष्ठका लागि भोटिङ क्याम्प शुरु गरेका हौं,’ सुष्माले भनिन्, ‘मैले सुरु गरेपछि अरुले पनि सनिशलाई भोट गर्न आह्वान गर्दै सहयोग गरिरहनु भएको छ।

त्यसैगरी, पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा सनिशका लागि भोटिङ क्याम्प स्थापना गरेर स्थानीयबासीले भोट मागिरहेका छन्। ‘हामीले राम्रो प्रतिस्पर्धीले नै दी भ्वोइस अफ नेपाल जितेको हेर्ने चाहना अनुरुप यो भोटिङ क्याम्प सुरु गरेका हौं,’ पोखरा–२ का प्रमोद कोइरालाले भने, ‘सनिश श्रेष्ठले जितेपछि हामीलाई धन्यवाद दिन पक्कै आउनु हुनेछ।

यसैगरी, काठमाडौंमा पनि केही विद्यालय र सनिशका शुभचिन्तकले पनि उनको पक्षमा स्वतस्फुर्त रुपमा भोटिङ क्याम्प चलाइरहेका छन्। दी भ्वोइस अफ नेपालमा ब्लाइण्ड राउण्डदेखि नै जोडदार प्रस्तुति दिएर चर्चाको शिखरमा छन् काठमाडौं कोटेश्वरका सनिश श्रेष्ठ।

सनिशको आवाजमा त्यो जादु छ, जसले अहिल्यै लाखौं शुभेच्छुकको माया पाइसकेको छ। उनको सरल स्वभावले अझै धेरै सद्भाव बटुलिसकेको छ।

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको दी भ्वोइस अफ नेपालको फिनाले आगामी शनिबार हुँदैछ। कोच राजु लामाको टिममा रहेका सनिशको प्रस्तुति कोच एवम् वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल र आस्था राउतले पनि उत्कृष्ट भएको प्रतिक्रिया दिँदै आएका छन्।

दी भ्वोइस अफ नेपालको सबैभन्दा कान्छो प्रतिस्पर्धी सनिशले ब्लाइण्ड अडिशनमा प्रस्तुत गरेको ‘लै लै’ गीत ग्लोबल भ्वोइसमा समावेश भएको थियो।

दी भ्वोइसको एक चरण मात्रै बाँकी रहेकाले अब निर्णायक रुपमा सहयोग गर्न सनिशले आग्रह गरेका छन्। ‘मैले नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने सोच बोकेको छु,’ सनिशले भने, ‘त्यो सोच पूरा गर्न यहाँहरुको सहयोग अपरिहार्य बनेको छ।

त्यसो त आफ्ना हजुरबुवा कृष्णकुमार श्रेष्ठको प्रेरणाले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका सनिश भविष्यमा नेपाली संगीतका एक सशक्त नक्षत्र हुने संकेत मिलिसकेको छ।

दी भ्वोइसको विजेता बन्न भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्‍याइदिन सनिशका बुवा विजय श्रेष्ठ र आमा जमुना ढकाल श्रेष्ठको आग्रह छ। सनिशको भोटिङ कोड ०९ रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...