News Portal

दक्ष कलाकार बन्न चाहनेहरुका लागि खुसीको खबर’ बरिष्ट संगीतकार प्रकाश गुरुङको हातबाट “तरना कला केन्द्र”को उद्घाटन सम्पन्न

हिमाली संचार संवाददाता
७४७ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र जति फराकिलो छ त्यति नै मात्रामा ब्यवासाहिक रुपले साँघुरो पनि छ । यस्तो अवस्थामा पनि कला र साहित्यको धनि हाम्रो देशमा दिन प्रतिदिन नव कलाकारहरुको उदयमान भैरहेको छ । तर यसरी नव उदयमान कलाकारहरु कतिले त आफु समर्पित विधाको कुनै ज्ञान हाँसिल नगरी यस क्षेत्रमा प्रवेश गरेकोले छोटो समयमा नै पलाएन भएका घटनाहरु पनि हामीले प्रसस्त्र मात्रामा देख्दै आएका छौं । त्यसैले कलाकारिता क्षेत्र प्रति रुची राख्दै आफ्नो नामलाई सर्वप्रिय बनाउन चाहने हरुका लागि “तरना कला केन्द्र” को आज मात्रै उद्घाटन सम्पन्न भएको छ ।

बरिष्ट संगीतकार प्रकाश गुरुङको हातबाट दियो बाल्दै सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा पत्रकार, सर्वसाधरण, संगीतकर्मी, र यस “तरना कला केन्द्र” बाट सिक्षा लिएर आफु कलाकारिता क्षेत्रमा परिचित हुन चाहनेहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो नाम उच्च बनाउन सफल गायिका बसन्ती लामा द्वारा संचालित “तरना संगीत केन्द्र” को उद्घाटन समहारोहमा उपस्थिति जनाएका अतिथि-प्रमुख अतिथि लगाएतले कला र साहित्यको धनि हाम्रो देशमा अझै धेरै कलाकारहरु जन्म यस कला केन्द्रले गराउने छ भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

काठमाडौँको बौद्ध गेट नजिकै रहेको यस कला केन्द्रमा भोकल, डान्स, गितार, बाँसुरी,हार्मोनिएम, भोइलिन्, मादल, पियानो, तबला, उद्घोषण लगाएतका कक्षाहरु चल्ने कुरा पनि जानकारी प्राप्त भएको छ । यस कलाको मन्दिर बाट ज्ञान हाँसिल गर्न चाहनु हुने महानुभाव हरुले ९८०३८९१८१९ र ९८६२५९३५६० सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...