News Portal

अर्काकी श्रीमती भगाउने वडाध्यक्ष माझी आफू जेल पुग्दा विगारे अर्काको घर

हिमाली संचार संवाददाता
६४९ पटक

तस्बिर : फाइल


रामेछाप ८, २०७६ मंसिर : अर्काकी श्रीमती भगाउने रामेछापको मन्थली नगरपालिका वडा नं ६ का वडाध्यक्ष गोपालवहादुर माझी अन्तत जेल चलान भएका छन्।

माझीलाई २ वर्षका लागि जेल चलान गरिएको छ। उनीसँगै सौता बन्न आएकी महिलालाई समेत २ वर्षको कैद सजायँ सुनाएको छ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश इश्वरीप्रसाद सापकोटाको इजलासले बिहीबार सो आदेश दिएको हो। यसअघि माझी र उनले ल्याएकी महिला पूर्पक्षका लागि कारागारमा थिए।

अदालतले दोषी ठहर गरेपछि माझीको वडा अध्यक्ष पद समेत गएको छ। विवाहित श्रीमती कृष्णमाया माझीलाई हेला गर्दै आएका भलुवाजोरका वडा अध्यक्ष माझी केही महिना अघि भक्तपुरबाट भगाएर ल्याएकी महिलासँगै पक्राउ गरिएको थियो।

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

लामो समयदेखि अर्काकी श्रीमतीलाई आफ्नी भनेर माझीले भक्तपुरमा डेरा गरी बसेका थिए। विवाहित श्रीमती कृष्णमाया र माझीसँग बस्ने महिलाका श्रीमानले खोजी गर्दै उनीहरुसँगै भएको बेलामा प्रहरीलाई बोलाएर पक्राउ गराएका थिए।

माझीसँग श्रीमतीको रुपमा बसेकी महिलाका श्रीमान् बिदेशमा भए पनि स्थायी वासिन्दा पनि भलुवाजोरकै हुन। कृष्णमायाले वहुविवाहको अभियोगमा दुवैलाई कारवाहीको माग गर्दै जाहेरी दिएकी थिईन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...