News Portal

लालीगुराँस सांस्कृतिक कुवेतको दशै विशेष कार्यक्रमको तयारी पूरा

कुवेतमा मुन्द्रे र जीवन शर्माले धमका मच्चाउने !

हिमाली संचार डटकम
११९४ पटक
कमल सिंह ठकुरी

२ अक्टोबर २०१९ कुवेत : लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको आयोजनामा यहि शुक्रबार कुवेतको खैतानस्थित राजधानी रेस्टुरेन्टमा हुन लागेको मुन्द्रे एण्ड शर्मा शो तथा दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको उक्त कार्यक्रमका संयोजक प्रेम कटवालले हिमालीसंचार डटकमलाई जानकारी दिए।

लालीगुराँस सांस्कृतिकको चौधौं प्रस्तुतिस्वरुप रहेको सो कार्यक्रममा कुवेतबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाउनकै लागि बहुचर्चित हास्यकलाकार जितु नेपाल “मुन्द्रे” र गायक जीवन शर्मा आउने छन भने कुवेतका स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने संयोजक कटवालले बताए।

सो कार्यक्रमलाई दुई शो मा बिभाजन गरिएको छ। पहिलो शो बिहानको १० बजे देखि १ बजे सम्म र दोस्रो शो २ बजे देखि ५ बजे सम्म हुनेछ।

साथै उक्त कार्यक्रमलाई भब्य र शब्य पारिदिनको लागि संस्थाका अध्यक्ष माधब पौडेल “असल यात्री” ले कुवेतबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत कुवेतस्थित क्रियाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार र खेलाडीहरु सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

          तपशिल :

मिति : ४ अक्टोबर २०१९ शुक्रबार
समय : पहिलो शो १० बजेदेखि १ बजेसम्म र दोस्रो शो २ बजेदेखि ५ बजेसम्म
स्थान : राजधानी रेस्टुरेन्ट खैतान
आयोजक : लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...