News Portal

संविधान जलाएको आरोपमा तीनजना पक्राउ

हिमाली संचार संवाददाता
३७५ पटक

बाँके – संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

‘लोकल’ चल्ला भन्दै बेच्ने गिरोह पक्राउ

ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...