News Portal

विद्यार्थी र अभिभावक मिलेर प्रअ र लेखापाललाई थुनेपछि..

हिमाली संचार संवाददाता
६७९ पटक

रामहरि श्रेष्ठ/ओखलढुंगा

२४ भदौ २०७६ : ओखलढुंगामा एक विद्यालयका प्रध्यानाध्यापक र लेखापाललाई सोही विद्यालयका विद्यार्थी र अभिभावक मिलेर ६ घन्टा थुनामा राखेका छन्।

आइतबार कक्षा १२ को मौका परीक्षाको परीक्षा केन्द्र गलत विद्यालयमा बताएको भन्दै सिद्धिचरण नगरपालिका १० बेतिनीस्थित पुन्यमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक खडान्द खतिवडा र लेखापाल नरेन्द्र भुषाललाई ६ घन्टा थुनामा राखेका हुन्।

पुन्यमाता माध्यमिक विद्यालयको परीक्षा केन्द्र सिद्धिचरण नगरपालिका वडा नम्बर ४ रुम्जाटारस्थित रुम्जाटार माध्यमिक विद्यालयमा भएपनि प्रधानाध्यापक र विद्यालयका अन्य कर्मचारीहरुले सिद्धिचरण नगरपालिका ११ स्थित सगरमाथा जनता माविमा भएको भन्दै विद्यार्थीहरुलाई गलत सूचना दिएका थिए।

तर विद्यालयका ११ जनाविद्यार्थीहरु परीक्षा दिन सगरमाथा जनता माविमा पुगेका भएतापनि परीक्षाकेन्द्र त्यहाँ नभएपछि उनीहरु ढिलागरी रुम्जाटार पुगेका थिए। यसरी परीक्षा केन्द्रको बारेमा प्रधानाध्यापक तथा कर्मचारीहरुले अन्यौलता सिजर्ना गरेको भन्दै परीक्षार्थी तथा अभिभावहरुले प्रधानाध्यापक र लेखापाललाई सोमबार विद्यालयको कक्षा कोठामा ६ घन्टासम्म थुनामा राखेका हुन्।

प्रधानाध्यापक तथा लेखापालललाई थुनामा राखेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यलय ओखलढुंगाबाट प्रहरी निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा गएको टोलीले करीब ३ः१५ बजेको समयमा उद्धार गरी जिल्लामा ल्याएको छ।

विद्यालयका प्रधानाध्यापक खतिवडालाई कक्षा कोठामा र लेखापाल भुषाललाई अफिसकोठामा बिहान १० बजेबाटै बाहिरबाट ताला लगाएर थुनामा राखेको अवस्थामा उद्धार गरिएको प्रहरी निरिक्षक श्रेष्ठले बताए।

यसअघि जिल्लामा हुने माध्यामिक तहको मौका परीक्षाको परीक्षा केन्द्र सगरमाथा जनता माध्यमिक विद्यालयमा मात्रै हुने गरेको भएतापनि यस बर्षबाट शिक्षा विकाश तथा समन्वय इकाई ओखलढुंगाले दुई स्थानबाट मौका परीक्षा सञ्चालन गरेको हो।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा गठन भएको जिल्ला शिक्षा समितिको निर्णयले परीक्षा केन्द्र हेरफेर गरेपछि परीक्षार्थीहरु मर्कामा परेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका १० का वडा अध्यक्ष दामोदर धमलाले बताए।

उनले परीक्षा केन्द्र हेरफेर भएको सूचना वेबसाइडमार्फत सार्वजनिक गरेको भएपनि बिद्यालयलाई जानकारी नभएको बताए। जिल्ला शिक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विद्यालयको परीक्षा केन्द्र हेरफेर भएको बिषयमा परीक्षार्थी तथा विद्यालय आफैले खोज्नुपर्ने बताए।

उनले विद्यालयलाई परीक्षा केन्द्र हेरफेर भएको विषय जानकारी गराउने नीतिमै नभएकाले सार्वजनिक पत्रिका तथा वेबसाइडबाट सार्बजनिक गर्नुपर्ने प्रावधान अनुसार सार्वजनिक गरेको बताए।

परीक्षा केन्द्र फेरिएको विषयमा आफूहरुले वेबसाइडमार्फत सूचना सार्वजनिक गरेको समेत बताए। जिल्लामा झिकाइएका प्रधानाध्यापक तथा लेखापाललाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्ने तथा हातपात गर्नेसम्मको अवस्थामा पुगेपछि उद्धार गरिएको प्रजिअ अचार्यले बताए।

अब जिल्ला शिक्षा तथा समन्वय ईकाइको नेतृत्वमा मंगलबार छफफल गरेर कमजोरीको पाटो औल्याउदै समाधानको उपाय खोजिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...