संसार चिहाउने सुन्दर नयन आँखिझ्याल भए पुग्छ
दुर्लभ पंक्षी काँडे भ्याकुर डाँफे र मुनाल भए पुग्छ
चन्द्र सुर्य तृकोणात्मक झन्डा लहराउन फहराउँ सकूँ
सगरमाथाकाे काखमा रहेकाे देश ‘नेपाल’ भए पुग्छ
मान्छे फरक कहा हुन्छ काटे रगत रातै अाउने हुदा
धनी गरिब एकै ठाउँमा बास बस्ने त्रिपाल भए पुग्छ
हिमाल पहाड तराइ जस्ताे अबशेषका रूपमा रहे
पनि हेर्दा सुन्दर ठाउ मध्येमा फेवाताल भए पुग्छ
छादा छदैकाे देश लुटी खाई खाेक्राे बना छि यहाँ
भस्टचारी र दलाली दुई काैडीकाे दहल भए पुग्छ।।
– जानुका खतिवडा
धनकुटा, नेपाल
हाल : कुवेत।