News Portal

भ्वाईस अफ नेपालकी श्रेया राईको “जुराईदेऊ सोझो पोई” सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
६०९ पटक

काठमाण्डौ, १९ साउन : पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ। दिनानुदिन नयाँनयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।

गायिका राईको “जुराईदेउ सोझो पोई” नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो। बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो। यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।

लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन ।

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...