News Portal

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा जस्ट ३२ अंक ल्याएर पास !

८९४ पटक

२७ साउन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर ल्याएजस्तै ‘केबल उत्तीर्ण’ मात्रै भएका छन् ।

आइतबार प्रकाशित नेपाल साप्ताहिकले यसैलाई कभर न्यूज बनाएर छापेको छ । समाचारमा लेखिएको छ, ‘ओलीसँग यसअघि एकपटक प्रधानमन्त्री, गृह र परराष्ट्रमन्त्री भएको अनुभव छ । तर, यसपालि सुरुआती नतिजामा भने उनी औसत ठहरिए ।’

विश्लेषक विष्णु सापकोटाले ओलीको कार्यकालबारे नेपाल साप्ताहिकलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘सरकारी काम हेर्दा ओली ६ महिनामा उत्तीर्ण मात्रै भए । उल्लेख्य डेलिभरी छैन ।’

सरकारका अधिकांश मन्त्रीहरु दिशाविहीन, अपरिपक्व र कामचलाउ रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार राम्रो काम गर्ने आश गरिएका मन्त्रीहरु रामबहादुर थापा, प्रदीप ज्ञवाली, युवराज खतिवडा, वर्षमान पुन, रविन्द्र अधिकारी र गोकर्ण विष्ट पनि औसत मात्रै देखिएका छन् ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...