News Portal

युगल सांगीतिक साझमा सोताङ जोडीको रोमान्चक प्रस्तुति

हिमाली संचार संवाददाता
५१० पटक

दोहा, १५ जुन : नेपाल पत्रकार महासंघ कतारको आयोजनामा उदय मनिला सोताङ युगल सांगीतिक साझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा शुक्रबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

कतारस्थित पत्रकार महासंघको आयोजनामा महासंघका अध्यक्ष करिम बक्स मियाको सभापतित्वमा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित वाचनालय लगायतका सस्थाहरुका सहयोगमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक सम्क्षिप्त सुचना प्रवाह ब्यावस्थापन र सचेतना तालिम समेत पहिलो सेसनमा गरेका कार्यक्रममा, दोस्रो सेसनमा उदय मनिला युगल सांगीतिक साझमा उपस्थित सम्पुर्ण दर्शकहरु सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए।

नेपाली सुगम संगीत क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमान्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडेपछि बोलको गीत प्रस्तुत गर्दा दर्शक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए।

उदय सोताङको ठट्यौलिसँगै रमाइलो गर्दै करिब अढाई घण्टाको सुमधुर लोकप्रिय गीत प्रस्तुतिमा दर्शक निकै नै झुमिरहेका थिए भने अन्त्यमा दर्शकको फर्माईसमा ४ वटा गीत पनि प्रस्तुत गरेर अझ दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए ।

अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएँको कार्यक्रम पत्रकार महासंघ कतारका केन्द्रीय सदस्य तथा रेगिस्तानि कवि तीर्थ संगम राईले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...