News Portal

जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ “कलम सांस्कृतिक साझ” कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६०८ पटक

युएई, १३ जुन : जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृतीकोष “कलम”को सहयोगार्थ “कलम सांस्कृतिक साझ २०१९” कार्यक्रमको तयारी भएको कार्यक्रम संयोजक दिपक शाही ठकुरीले हिमालीसंचार डटकमलाई जानकारी दिए।

ठकुरी सहयोग संजाल युएई र सयपत्री रेष्टुरेष्ट अलकुज, दुबईको सहआयोजनमा (भोलि)शुक्रबार जुन १४ तारीखका दिन युएईस्थित बर दुवईको एभरेष्ट क्लब एष्टोरियो होटेलमा सयुक्त आयोजनामा सम्पन्न हुदैछ।

उक्त सांस्कृतिक साझ कार्यक्रममा चर्चित सर्जक तथा गायक शिव हमाल, चर्चित मोडल करिश्मा ढकाल, नायक बाबू बोगटी र सुरेश राना लगायत स्थानीय कलाकारहरुले पनि भरपुर मनोरञ्जन दिनेछन।

सो परियोजना अन्तर्गत हाल १८ जना विद्यार्थीहरुले अध्ययनरत गरीरहेको जानकारी दिदै संजालका अध्यक्ष भिम मल्ल ठकुरीले सो सहयोगार्थ सांस्कृतिक साझ कार्यक्रममा उपस्थित भइदिनको लागि युएईस्थित समाजसेवी, बुद्धिजीवी, व्यावसायी, पत्रकार, साहित्यकार, कलाकार र विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत युएईबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अनुरोध समेत गरेका छन।

ठकुरी सहयोग संजाल युएई र सयपत्री रेस्टुरेन्टको संयुक्त आयोजनामा हुनलागेको यो कार्यक्रम भने युएईमा पहिलो हो।

      तपशिल :

मिति : १४ जून २०१९, शुक्रबार
समय : दिउँसो २ बजे
स्थान : एभरेष्ट क्लब एष्टोरियो होटेल, बर दुवई (युएई)

      सम्पर्क :

दिपक शाही ठकुरी – ०५६४७०९९२१
भिम मल्ल ठकुरी – ०५८८२५२२६०
जीवन सिंह ठकुरी – ०५२६१२३०६६
के. बी. शाही – ०५५८७३४४२४
दिनेश मल्ल – ०५६१२९२९७७
दिपेन्द्र चन्द – ०५०१७५३१४०
विकाश शाही – ०५०२०२४५५२
जितु उचै – ०५५६५२२३२१
प्रेम श्रेष्ठ – ०५५१७८९६०१
कूल लेप्चा – ०५०८०५७६४७

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...