News Portal

जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ “कलम सांस्कृतिक साझ” कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६४४ पटक

युएई, १३ जुन : जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृतीकोष “कलम”को सहयोगार्थ “कलम सांस्कृतिक साझ २०१९” कार्यक्रमको तयारी भएको कार्यक्रम संयोजक दिपक शाही ठकुरीले हिमालीसंचार डटकमलाई जानकारी दिए।

ठकुरी सहयोग संजाल युएई र सयपत्री रेष्टुरेष्ट अलकुज, दुबईको सहआयोजनमा (भोलि)शुक्रबार जुन १४ तारीखका दिन युएईस्थित बर दुवईको एभरेष्ट क्लब एष्टोरियो होटेलमा सयुक्त आयोजनामा सम्पन्न हुदैछ।

उक्त सांस्कृतिक साझ कार्यक्रममा चर्चित सर्जक तथा गायक शिव हमाल, चर्चित मोडल करिश्मा ढकाल, नायक बाबू बोगटी र सुरेश राना लगायत स्थानीय कलाकारहरुले पनि भरपुर मनोरञ्जन दिनेछन।

सो परियोजना अन्तर्गत हाल १८ जना विद्यार्थीहरुले अध्ययनरत गरीरहेको जानकारी दिदै संजालका अध्यक्ष भिम मल्ल ठकुरीले सो सहयोगार्थ सांस्कृतिक साझ कार्यक्रममा उपस्थित भइदिनको लागि युएईस्थित समाजसेवी, बुद्धिजीवी, व्यावसायी, पत्रकार, साहित्यकार, कलाकार र विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत युएईबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अनुरोध समेत गरेका छन।

ठकुरी सहयोग संजाल युएई र सयपत्री रेस्टुरेन्टको संयुक्त आयोजनामा हुनलागेको यो कार्यक्रम भने युएईमा पहिलो हो।

      तपशिल :

मिति : १४ जून २०१९, शुक्रबार
समय : दिउँसो २ बजे
स्थान : एभरेष्ट क्लब एष्टोरियो होटेल, बर दुवई (युएई)

      सम्पर्क :

दिपक शाही ठकुरी – ०५६४७०९९२१
भिम मल्ल ठकुरी – ०५८८२५२२६०
जीवन सिंह ठकुरी – ०५२६१२३०६६
के. बी. शाही – ०५५८७३४४२४
दिनेश मल्ल – ०५६१२९२९७७
दिपेन्द्र चन्द – ०५०१७५३१४०
विकाश शाही – ०५०२०२४५५२
जितु उचै – ०५५६५२२३२१
प्रेम श्रेष्ठ – ०५५१७८९६०१
कूल लेप्चा – ०५०८०५७६४७

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...