News Portal

तिज बिशेष सांगीतिक कार्यक्रममा गायिका पुर्णकला बिसि कुवेत आउदै

साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति !

हिमाली संचार डटकम
८२४ पटक
कमल सिंह ठकुरी

कुवेत, १० जुन : कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेतले नारीहरुको महान पर्व हरितालिका तिज भब्यताका साथ मनाउने भएको छ। सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि आगामी ३० अगस्ट २०१९ शुक्रबारको दिन अतिथि कलाकार बहुचर्चित गायिका पूर्णकला बिसिको साथमा तिज मनाईने भएको मञ्चका अध्यक्ष गोबिन्द बरालले हिमालीसंचार डटकमलाई जानकारी दिए।

अतिथि कलाकार बहुचर्चित गायिका बिसिसंगै कुवेतका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिको साथमा आफ्नो १९ ओं प्रस्तुती स्वरुप नेपाली महिलाहरुको महान चाड “हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम २०७६” कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बरालले बताए।

साथै उक्त दिन कुवेतमा कृयाशिल कुनैपनी संघसंस्थाहरुले कार्यक्रम नजुधाइ दिनुहुन मञ्चले अनुरोध समेत गरेको छ। गत बर्षको तिजको कार्यक्रमबाट हुनगएको असुबिधालाई मध्यनजर गर्दै यसपालिको कार्यक्रम ठुलो हलमा गरिने यसै समाचार मार्फत सांस्कृतिक मञ्चले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा जानकारी दिएको छ।

हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम नेपाल कुवेत सांस्कृतिक मंचको मात्र नभई सम्पूर्ण नेपालीहरुको आफ्नो कार्यक्रम भएको हुनाले सम्पुर्ण संघसंस्था र ब्यक्तीगत तर्फबाट आर्थिक, नैतिक तथा भौतिक सहयोगको अपेक्षा सहित उक्त दिनको कार्यक्रमलाई भब्य एवं सभ्य रुपमा सफल गराउन सम्पूर्णलाई उपस्थितिको लागि सांस्कृतिक मञ्चले निमन्त्रणा समेत दिएको छ।

       तपशिल :

मिति : ३० अगस्ट २०१९, शुक्रबार
समय : दिउँसो १ बजे
स्थान : ईन्डियन सेन्ट्रल स्कुल, जिलिब (गल्फ मार्टको ठीक अगाडि)
आयोजक : नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेत।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...