News Portal

तामाङ समाज युएईको आयोजनामा तेस्रो प्रस्तुति एसएमएस धमाका हुदै

सांस्कृतिक सांझ !

हिमाली संचार संवाददाता
५५७ पटक

मानसिङ गुरुङ “मानु कोन्मे”
युएई, ९ जुन : तामाङ समाज युएईले आउदो २०१९ जुलाई ५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान पुग्ने एसएमएस धमाका – ३ सांस्कृतिक सांझ- २०१९ कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा श्रोताहरुले सर्वाधिक रुचाएका गायक सुरेश लामाको सहभागिता हुने भएको छ भने कार्यक्रममा युएई प्रवासमा रहेका स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ।

अतिथि कलाकार गायक सुरेश लामाको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथा समाजका सचिव डिल्लीराम तामाङले जानकारि दिएका छन्। उक्त कार्यक्रमको मुख्य उद्देश्य तामाङ समाज युएईले शैक्षिक क्षेत्रको सहयोगार्थ सांगीतिक कार्यक्रम एसएमएस धमाकाको तेस्रो संस्करण आयोजना गर्न लागेको हो।

तामाङ समाज युएईले २०१२ देखि सपोर्ट माइ स्कुल (एसएमएस) प्रोजेक्टको शुरूवात गरे संगै बिगत सात बर्ष देखि निरन्तर प्रत्येक बर्ष नेपालको विभिन्न जिल्लाहरुमा स्थापित सामुदायिक बिद्यालयहरुको शैक्षिक तथा पुर्वाधार बिकासको लागी आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।अझ यसै कार्यक्रम लाई सशक्त, प्रभावकारिता र निरन्तर अगाडी बढाउन सन् २०१७ साल देखी नेपाल बाट अतिथि कलाकारहरुको सहभागितामा प्रत्येक बर्ष एसएमएस धमाका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

शिक्षाको लागी संगीत अभियानको रुपमा अगाडी बढी रहेको सपोर्ट माइ स्कुल (एसएमएस) कार्यक्रम युएई प्रवासमा रहेका नेपालीहरुको अपार माया र साथका कारण सफलताका साथ सम्पन्न हुँदै आइरहेकोले यश बर्ष पनि एसएमएस धमाका – ३ (तेस्रो संस्करण) आयोजना हुन गइ रहेको छ। बिगतका बर्षका कार्यक्रमहरुमा नेपाल बाट अतिथि कलाकारको रुपमा गायिका सानू वाइवा र निर्माला घिसिङ र प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।

समाजले हालसम्म एसएमएस कार्यक्रम गरि विभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरु लाई आर्थिक सहयोग उपलब्ध गराइ सकेको छ। जसअनुसार २०१२ सालमा श्री जोगेश्वरी माध्यमिक बिधालय महादेवटार – १ काभ्रेलाई १०००००(एक लाख), २०१३ सालमा श्री घ्युल देबि निम्नमाध्यमिक बिधालय, गोल्चे – ३ सिन्धुपाल्चोकलाई १,११,१११(एक लाख एघार हजार एक सय एक), २०१४ सालमा श्री जनहित राष्ट्रिय प्राथमिक बिधालय पदमपुर – ८,चितवनलाई १,११,१११(एक लाख एघार हजार एक सय एक),२०१५ सालमा श्री सात कन्या प्राथमिक बिधालय थाङ्पालकोट – ८ सिन्धुपाल्चोकलाई १,११,१११ (एक लाख एघार हजार एक सय एक), २०१६ सालमा श्री दुप्चेश्वरी निम्नमाध्यमिक बिधालय सरमथली – ६ रसुवालाई १,११,१११ (एक लाख एघार हजार एक सय एक), २०१७ सालमा श्री कन्यादेबि निम्नमाध्यमिक बिधालय नेत्रवती – ४ धादिङलाई १,११,१११(एक लाख एघार हजार एक सय एक),२०१८ सालमा श्री भुमिदेबि माध्यमिक बिधालय मेघाङ – ३ नुवाकोट लाई रु.१,११,१११(एक लाख एघार हजार एक सय एक) पुर्वाधार तथा शैक्षिक बिकासको लागी रकम हस्तान्तरण गरि सकेको समाजका महासचिव सनिल घिसिङले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...