आज : २०२६-१०-११, आइतबार

दर्शन सांगीतिक धमाकाकाे लागि पल शाह र प्रताप दास कुवेत आइपुगे

कुवेत, ६ जुन : दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आज कुवेतको समय बिहान ९ बजे भब्य स्वागत गरिएको छ।

आयोजक दर्शन ठकुरी समाज कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको आयोजना गरेको हो। उक्त सांगीतिक कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध समेत गरेका छन् ।

तपशिल
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे

कार्यक्रम बारे जानकारी
– ६६६४५०९,
– ६००६७५७२,
– ६९९२५६९३