News Portal

नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र चक्र बम कुवेत आउदै

हिमाली संचार संवाददाता
४६६ पटक

कुवेत : सुदुरपश्चिमेली समाज कुवेतद्धारा दोश्रो बार्षिक उत्सव तथा अधिवेशन नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र गायक चक्र बमको साथमा “बृहत् सांगीतिक धमाका २०१९” कार्यक्रम आउदो जुन महिनामा मनाउने भनिएको भनि समाचार सम्प्रेषण गरिएको उक्त कार्यक्रम केहि कारणले गर्दा आगामी २० सेप्टेम्बर २०१९ मा सारिएको आयोजकले जानकारी दिएको छ ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकालदेखिनै विभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएको समाजले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आगामी सेप्टेम्बर २० तारिख २०१९ शुक्रबारको दिन नेपाल आइडल रवि ओड र गायक चक्र बमको साथ बृहत सांगीतिक प्रस्तुतिको तयारीमा लागि परेको आयोजकले बताएको छ।

उक्त बार्षिक उत्सव तथा अधीवेशन बृहत् सांगीतिक धमाका २०१९ लाइ ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै सेप्टेम्बर २० तारिखका दिन कुवेतमा कृयाशील संघसंस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनुहुन आयोजक सुदुरपश्चिमेली नेपाली समाज आग्रह गरेको छ।

कार्यक्रमको विवरण

मिति : २० सेक्टेम्बर २०१९ शुक्रबार

समय : दिनको ठिक ११ बजेदेखि

स्थान : boys Scout Association Hall berut street block 10 Hawali

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...