News Portal

युएइमा धुर्मुस सुन्तली साझ हुदै

हिमाली संचार संवाददाता
५१९ पटक

लोक प्रसाद दाहाल
युएइ, २८ चैत : गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सहयोगार्थ युएइमा क्रियासिल ४० भन्दा बढी जिल्ला समन्वय समाजहरुले रकम संकलन गर्ने भएका छन । उक्त संघ संस्थाहरुको सक्रियतामा सम्पन्न हुन गइरहेको धुर्मुस सुन्तली साझमा आयोजना हुन लागेको हो ।

क्रिकेट रंगशाला निर्माणको लागि राम्रो रकम सन्कलन हुने कुरामा आयोजकहरुको दावी छ । २५ अप्रिल शुक्रबार दुबई स्थित ग्राण्ड एक्स्क्लेसर होटलमा हुन गइरहेको उक्त कार्यक्रममा एनआरएनए युएइको पनि सहभागीता रहने बताइएको छ ।

उक्त कार्यक्रममा सिताराम कटेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली) साथै चर्चित गायिका मेलिना राई तथा गायक पुस्पन प्रधान लगायतको प्रस्तुति रहने आयोजक मध्येका दोलखाली समाज युएइका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख आयोजक चितवन समाज युएइ रहेको छ भने सहयोगीका रुपमा दोलखाली समाज, काभ्रे समाज, सिन्धुपाल्चोक समाज, धादिङ समाज र लगायत ४० भन्दा बढी सामाजिक सस्थाहरु रहेका छन । यति बेला सबै संघसस्थाहरुले सबै युएइमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई गौतमबुद्व क्रिकेट रङ्गसाला निर्माणको लागि सहयोग गरि दिन अपिल गरि रहेका छन ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...