News Portal

    युएइमा धुर्मुस सुन्तली साझ हुदै

    हिमाली संचार संवाददाता
    ४०१ पटक

    लोक प्रसाद दाहाल
    युएइ, २८ चैत : गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सहयोगार्थ युएइमा क्रियासिल ४० भन्दा बढी जिल्ला समन्वय समाजहरुले रकम संकलन गर्ने भएका छन । उक्त संघ संस्थाहरुको सक्रियतामा सम्पन्न हुन गइरहेको धुर्मुस सुन्तली साझमा आयोजना हुन लागेको हो ।

    क्रिकेट रंगशाला निर्माणको लागि राम्रो रकम सन्कलन हुने कुरामा आयोजकहरुको दावी छ । २५ अप्रिल शुक्रबार दुबई स्थित ग्राण्ड एक्स्क्लेसर होटलमा हुन गइरहेको उक्त कार्यक्रममा एनआरएनए युएइको पनि सहभागीता रहने बताइएको छ ।

    उक्त कार्यक्रममा सिताराम कटेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली) साथै चर्चित गायिका मेलिना राई तथा गायक पुस्पन प्रधान लगायतको प्रस्तुति रहने आयोजक मध्येका दोलखाली समाज युएइका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

    उक्त कार्यक्रमको प्रमुख आयोजक चितवन समाज युएइ रहेको छ भने सहयोगीका रुपमा दोलखाली समाज, काभ्रे समाज, सिन्धुपाल्चोक समाज, धादिङ समाज र लगायत ४० भन्दा बढी सामाजिक सस्थाहरु रहेका छन । यति बेला सबै संघसस्थाहरुले सबै युएइमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई गौतमबुद्व क्रिकेट रङ्गसाला निर्माणको लागि सहयोग गरि दिन अपिल गरि रहेका छन ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र...

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच...

    भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक...

    सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्रीसँग भेट, पीडा सुनाउँदै भावुक

    काठमाडौं, असार ३ – केही समयदेखि सम्पर्कविहीन रहेका डाक्टर केशव श्रेष्ठ अन्ततः गृहमन्त्री रमेश लेखकसँग...